Online Nepal
  • बुधबार, २१ कार्तिक २०८१
  • नेपाल टी-२० लिग : पारिश्रमिकको प्रतिवद्धता जनाएपछि खेल सुचारु

    नेपाल टी-२० लिग : पारिश्रमिकको प्रतिवद्धता जनाएपछि खेल सुचारु

    अनलाइन नेपाल
  • मंगलबार, १९ पुष २०७९
  • 648
    SHARES

    काठमाडौं । नेपाल टी-२० लिगका खेलाडी र नेपाल क्रिकेट संघ क्यानबिच सहमति भएको छ । क्यानका पदाधिकारी र नेपाल टी-२० लिगका मालिकहरुले पारिश्रमिकको प्रतिवद्धता जनाएपछि खेलाडी खेल्न तयार भएका हुन् ।

    मंगलबार हुने काठमाडौं नाइट्स र विराटनगर सुपर किङ्सबीचको खेलअघि खेलाडीहरू टस गर्नै नमानेपछि प्रतियोगिता नै अनिश्चित बनेको थियो। त्रिवि क्रिकेट मैदानमा जारी लिगमा दिनमा दुई खेल हुने गरेका छन्।



    पहिलो खेलको टस ८:३० बजे हुनुपर्नेमा खेलाडीहरुले टस गर्न मानेका थिएनन्। केहि समय खेल हुने नहुने अन्योल भएपनि ढिलो गरि सुरु भएको खेल ९ ओभरमा झारिएको छ ।



    खेलाडी तथा अफिसियलहरूले पारिश्रमिक नपाएकै कारण प्रतियोगिता प्रभावित बनेको चर्चाछ। त्यसमाथि नेपाल टी २० लिग आयोजनाको अधिकार किनेको भारतीय कम्पनी प्रतिनिधिसमेत सम्पर्कविहीन भएको हल्लाले क्रिकेट वृत्त तरङ्गित बनेको छ।

    नेपाल टी-२० लिगको कमर्सियल तथा स्ट्राटेजिक पार्टनर सेभेन थ्री स्पोर्ट्सका अध्यक्ष जतिन अहलुवालिया पैसा नदिइ भागेको हल्ला फैलिएपछि खेलाडीले टस गर्न मानेका थिएनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार