काठमाडौं । राजधानीमा जारी रहेको नेपाल टी–२० लिगमा फार वेस्ट युनाईटेडलाई जनकपुर रोयल्सले १ सय ६२ रनको लक्ष्य पाएको छ ।
टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुर रोयल्सले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो।
जनकपुरका लागि सन्दिप जोराले ३२ बलमा ५५ रनको अर्धशतकीय ईनिङ खेले । उनले १ चौका र ५ छक्का प्रहार गरे ।
कप्तान ट्राभोन ग्रिफिथले ३२ रन बनाउँदा चाल्डिक वाल्टन २४ रनमा आउट भए ।
फार वेस्टका लागि प्रकाश जैसीले ३ तथा भुवन कार्कीले २ विकेट लिए ।
सोमबार नै भएको पहिलो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं नाइट्सलाई पाँच विकेटले पराजित गरेको थियो।
Leave a Reply