Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • ‘बेसरम रंग’ विवादपछि ‘पठान’ को दोस्रो गीतले तोड्यो रेकर्ड

    ‘बेसरम रंग’ विवादपछि ‘पठान’ को दोस्रो गीतले तोड्यो रेकर्ड

    अनलाइन नेपाल
  • शुक्रबार, ८ पुष २०७९
  • 1K
    SHARES

    एजेन्सी । भारतीय अभिनेता शाहरूख खान र अभिनेत्री दीपिका पादुकोण अभिनीत फिल्म ‘पठान’ को दोस्रो गीत ‘झूमे जो पठान’ ले नयाँ रेकर्ड बनाएकाे छ ।

    ‘पठान’ को दोस्रो गीतले सार्वजनिक भएको २४ घण्टा नबित्दै युट्यूवमा १९ लाख भ्यूज पाएको छ। ‘बेसरम रंग’ गीत विवादपछि फिल्मको नयाँ गीतले छोटो समयमा धेरै भ्यूज पाएर रेकर्ड राखेको हो।



    ‘पठान’ को पहिलो गीत ‘बेसरम रंग’ १२ डिसेम्बरमा सार्वजनिक गरिएको थियो। गीत सार्वजनिक भएसँगै विवादमा फसेको थियो। उक्त गीतमा अभिनेत्री दीपिका पादुकोणको पहिरनको रंगले हिन्दु धर्मको अपमान गरेको भन्दै आपत्ति जनाइएको हाे ।



    सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्ममा शाहरूख र दीपिकासँगै जोन अब्राहमको पनि मुख्य भूमिका छ। यो फिल्म २५ जनवरीदेखि प्रदर्शन हुँदैछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार