Online Nepal
  • बुधबार, १२ मंसिर २०८१
  • नक्कली भ्याट बिल खरिद गरी ४५ करोड बढी राजश्व चुहावट गरेको आरोपमा दुई फर्मविरुद्ध मुद्दा दायर

    नक्कली भ्याट बिल खरिद गरी ४५ करोड बढी राजश्व चुहावट गरेको आरोपमा दुई फर्मविरुद्ध मुद्दा दायर

    अनलाइन नेपाल
  • सोमबार, २८ कार्तिक २०७९
  • 906
    SHARES

    काठमाडौं । राजश्व अनुसन्धान विभागले नक्कली भ्याट बिल खरिद गरी राजश्व चुहावट गरेको आरोपमा दुई फर्मविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

    विभागले अंकुश सप्लायर्स एण्ड ट्रेडर्स र युनिक ट्रेडर्स एण्ड ईन्टरप्राइजेजविरुद्ध ४५ करोड २७ लाख ६२ हजार ४६ रुपैयाँ बराबरको बिगो दावी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।



    काठमाडौं महानगरपालिका १४ कुलेश्वरमा रहेको अंकुश सप्लायर्स एण्ड ट्रेडर्सका संञ्चालक प्रविण कुमार महतो हुन् भने बारामा रहेको युनिक ट्रेडर्स एण्ड ईन्टरप्राइजेजका संञ्चालक आत्मराम पासवान हुन् ।



    विभागले अंकुश सप्लायर्स एण्ड ट्रेडर्स स्थायी लेखा नम्बर-६०२९२२१६४० र युनिक ट्रेडर्स एण्ड ईन्टरप्राइजेज स्थायी लेखा नम्बर-६०७७२१५०४० का प्रोप्राईटरहरुले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयूक्त,

    नक्कली तथा झुट्टा मूल्य अभिबृद्धि कर विजक खरिद गरी बित्तीय विवरणहरु तथा आय विवरणहरु तयार गरी प्रचलित आयकर ऐन, २०५८ तथा मुल्य अभिबृद्धि कर ऐन, २०५२ तथा नियमहरु बमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावट गरेको समेत जनाएको छ ।

    विभागद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राजस्व अनुसन्धान (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ ९पहिलो संसोधन सहित० को दफा ३ ले निषेधित सोही ऐनको दफा ४ को उपदफा (क),(ख) र (ग) तथा हाल संसोधित दफा ४ को उपदफा (क), (ग) र (झ)
    ९बमोजिमको कसुर गरेको पुष्टी हुन आएकोले सोही ऐनको दफा २(छ१) हुन आउने मु.अ.कर तर्फ रु ५करोड ४१लाख ५९ हजार २९रुपैयाँ छ,र आयकर तर्फ रु १७ करोड २२ लाख २१ हजार ९सय ९४ रुपैया समेत गरी

    जम्मा हुन आउने कुल विगो रु २२ करोड ६३ लाख ८१ हजार तेइस रुपैया मात्र राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (पहिलो संसोधन, २०७६) को दफा २३(१) बमोजिम असुल गरी शत प्रतिशत जरिवाना

    तथा सोही दफा २३ को उपदफा (१)(क) बमोजिमको हदैसम्मको कैद र उपदफा ४ बमोजिमको ब्याज समेत असूल हुन उच्च अदालत पाटन ललितपुरमा मुद्दा दायर गरिएको छ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार