Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • वडाध्यक्षले नै निर्वाचन अधिकृतको कार्यालयमा ताला लगाएपछि…

    वडाध्यक्षले नै निर्वाचन अधिकृतको कार्यालयमा ताला लगाएपछि…

    अनलाइन नेपाल
  • आइतबार, २० कार्तिक २०७९
  • 816
    SHARES

    वीरगञ्ज । जीतपुर सिमरा उपमहानगरपालिकाको कार्यालयमा तालाबन्दी गर्ने एक वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ ।

    बाराको जीतपुरसिमरा उपहानगरपालिका वडा नं.७ का वडाध्यक्ष सुनिलकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको हो ।



    गुप्ताले प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन बिथोल्ने उद्देश्यले उपमहानगरको कार्यालयमा रहेको निर्वाचन कार्यालयमा आइतबार १ बजे तालाबन्दी गरेका थिए । प्रहरीको सहयोगमा केहीबेरअघि ताला खोलिएको छ ।



    वडाअध्यक्ष गुप्ताको नेतृत्वमा वडा सदस्यहरू सीता उप्रेतीसहितको टोली तालाबन्दीमा सहभागी भएको उपमहानगरले जनाएको छ ।

    निर्वाचन नजिकिदै गरेको समयमा निर्वाचन अधिकृतको कार्यालय भएको कार्यालयमा तालाबन्दी गरेकोले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार