Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • बाबुराम भट्टराई भन्छन् – गोरखाको विकासका लागि प्रचण्ड बाहेक अर्को विकल्प छैन

    बाबुराम भट्टराई भन्छन् – गोरखाको विकासका लागि प्रचण्ड बाहेक अर्को विकल्प छैन

    अनलाइन नेपाल
  • आइतबार, १३ कार्तिक २०७९
  • 912
    SHARES

    गोरखा । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखाको बाँकी विकास र समृद्धिको सपना पूरा गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाहेक अर्को विकल्प नभएको बताएका छन् ।

    चुनावी अभियानअन्तर्गत मतदाता भेटघाटका लागि गोरखाको भच्चेक पुगेका डा भट्टराईले आज मतदातासँगको भेटघाटमा बोल्दै यस्तो टिप्पणी गरेका हुन् ।



    उनले गोरखालाई विकास र समृद्धिको मोडल बनाउने सपना निर्वाचन जितेर गएपछि प्रचण्डले मात्र पूरा गर्नसक्ने बताए ।



    ‘प्रत्येक मान्छेले सपना देखेको हुन्छ, मेरो पनि गोरखालाई विकासमा नमूना बनाउने एउटा सपना थियो,’उनले भने,’मैले अर्थमन्त्री र प्रधानमन्त्री बन्ने अवसरसमेत पाए, गोरखामा विकास निर्माणका पूर्वाधार सामान्य तयार भएका छन्, केही अधुरा छन्, अब निर्वाचन जितेर गएपछि बाँकी काम उहाँले ‘प्रचण्ड’ले पूरा गर्नुहुन्छ ।’

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार