धनगढी । गौरा पर्व मनाइने सुदूरपश्चिम प्रदेशका गौरा घर तथा मन्दिरमा आज धार्मिक अनुष्ठानका साथ गौरा भित्र्याइएको छ ।
ब्रत बसेका महिलाले सामूहिकरुपमा धान, साउँ, कुस, अपामार्गलगायतका बोटबिरुवा प्रयोग गरी गौरा देवीको प्रतिमा तयार पारेर धार्मिक अनुष्ठनाका साथ गौरा भित्र्याएका हुन् ।
सुदूरपश्चिममा गौरा पर्वलाई विशेष महत्वका साथ हेरिन्छ ।
हिन्दू महिला नजिकैको खेतमा गएर तयार पार्ने गौराको प्रतिमालाई माङ्गल गीत र फाग गाउँदै गौरा घरसम्म भित्र्याउने गर्दछन् ।
गौरादेवीको पूजाआजा गर्दा विवाहिता महिलाले आफ्नो पतिको दीर्घायुका साथै घरमा सुख शान्ति हुन्छ भन्ने पनि जनविश्वास छ ।
Leave a Reply