Online Nepal
  • बुधबार, १२ मंसिर २०८१
  • सुदूरपश्चिममा शुरू भयो गौरा पर्व

    सुदूरपश्चिममा शुरू भयो गौरा पर्व

    अनलाइन नेपाल
  • बिहिबार, १६ भाद्र २०७९
  • 1.4K
    SHARES

    कैलाली । सुदूरपश्चिमको मौलिक पर्व गौरा बिहीवारदेखि विधिवत रूपमा शुरू भएको छ ।

    भाद्र शुक्लपक्ष पञ्चमीदेखि शुरू हुने पर्व बिहीवार पहिलो दिन घरघरमा बिरुडा राखी मनाइँदैछ ।



    आजको दिनलाई बिरुडा पञ्चमी भन्ने गरिन्छ । बिहीवार व्रतालु महिलाले घरमा ‘बिरुडा’ (५ प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको शुरूआत गरिन्छ । तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो र अक्षताले सिँगारपटार गरी त्यसभित्र पञ्च अन्न मास, कलौं, गहत, गहुँ र गुरुस भिजाएर बिरुडा बनाउने चलन छ ।



    बिरुडालाई गौरीको प्रसादका रूपमा लिइन्छ । गौरादेवीको पूजाआजामा पनि बिरुडाको प्रयोग गरिन्छ । यसरी भिजाएका बिरुडालाई षष्ठीका दिन पखाल्ने चलन छ । सप्तमी र अष्टमीलाई गौराको विशेष दिन मानिन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार