Online Nepal
  • बिहिबार, १७ असोज २०८१
  • मदन पुरस्कार-२०७८‘अग्नि’ का लम्साललाई, जगदम्बा-श्री ‘उदय’का सम्पादक श्रेष्ठलाई

    मदन पुरस्कार-२०७८‘अग्नि’ का लम्साललाई, जगदम्बा-श्री ‘उदय’का सम्पादक श्रेष्ठलाई

    अनलाइन नेपाल
  • शनिबार, ११ भाद्र २०७९
  • 3.8K
    SHARES

    काठमाडौं । २०७८ सालको मदन पुरस्कार अग्नि महाकाव्यका लागि नवराज लम्साललाई प्रदान गरिने भएको छ ।

    आज बसेको मदन पुरस्कार गुठीको बैठकले अग्नि महाकाव्यका लागि लम्साललाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।



    २०७८ सालको मदन पुरस्कारका लागि प्राप्त दुई सय ९९ पुस्तकमध्ये निर्णायक मण्डलले अग्निलाई छनोट गरेको मदन पुरस्कार गुठीले जनाएको छ ।



    यस्तै यस वर्षको जगदम्बा–श्री सम्मान दुर्गाप्रसाद श्रेष्ठलाई प्रदान गर्ने निर्णय भएको छ । साहित्यकार श्रेष्ठ बनारसबाट प्रकाशित हुने उदय पत्रिकाका सम्पादक हुन् ।

    ८२ वर्षका श्रेष्ठले कथा, कविता, उपन्यास, निबन्ध र समालोचनामा कलम चलाउँदै आएको मदन पुरस्कार गुठीले जनाएको छ । दुवै पुरस्कारको राशि चार लाख नगदसहित सम्मानपत्र रहेको छ । गुठीले २०१३ सालदेखि मदन पुरस्कार र २०४५ सालदेखि जगदम्बा–श्री सम्मान प्रदान गर्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार