महोत्तरी । मनरासिस्वा नगरपालिका–५ स्थित नेपाल–भारत सीमा नजिकबाट भारत लैजान लागेको रु १८ लाखको मदिरा प्रहरीले बरामद गरेको छ ।
स्थानीय कटैया गाउँमा सीमापारि चोरी तस्करी गर्ने उद्देश्यले लुकाइछिपाइ भण्डार गरी राखिएको मदिरा गए राति प्रहरीले बरामद गरेको हो ।
छ सय ६७ कार्टुनमा प्याक गरी राखिएको विभिन्न प्रकारको मदिरा प्रहरीचौकी कट्टीकटैया र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले बरामद गरेको प्रहरीले जनाएको छ ।
बरामद मदिरा प्रहरीले आन्तरिक राजस्व कार्यालयको जिम्मा लगाएको छ ।
Leave a Reply