काठमाडौं । बलिउड स्टार गोविन्दा नेपाल आउने भएका छन् ।
नेपाली टेलिभिजन ‘शो’को गेस्ट जुरीका रुपमा उनी नेपाल आउन लागेका हुन् ।
नृत्यमा आधारित ‘सुपर डान्सर नेपाल’मा गेस्ट जुरीका रुपमा गोविन्दा नेपाल आउने पक्का भएको आयोजकले जनाएको छ । भदौमा हुने ‘सुपर डान्सर नेपाल’को ग्रान्ड प्रिमियरमा उनी नेपाल आउन पक्का भएको हो ।
४–१४ वर्ष उमेर समूहका बालबालिकाबीच प्रतिस्पर्धा हुने ‘सुपर डान्सर नेपाल’मा भुवन केसी, जसिता गुरुङ र सुरेन्द्र राई निर्णायकका रुपमा रहने भएका छन् । यो ‘शो’लाई भूषण दाहालले निर्देशन गर्ने छन् ।
Leave a Reply