काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न माग गरेको छ ।
बुधबार संसदको बैठकमा माओवादी केन्द्रकी सांसद रेखा शर्माले नेकपा एमालेको अर्थ विभागमा एम अधिकारी, खोटाङ पनि समावेश भएको भन्दै छानबिनको माग गरेकी हुन् ।
नेकपा एमालेको अन्तर पार्टी निर्देशन अपानी मा अर्थ विभागमा एम अधिकारी, खोटाङ पनि समावेश छ । उनी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भएको आशंका गरिएको छ ।
राष्ट्र बैंकको ऐन विपरित भएको भन्दै शर्माले राष्ट्र बैंकका गर्भनरमाथि छानबिन गर्न माग गरेकी हुन् ।
Leave a Reply