Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • अर्थतन्त्रको वर्तमान अवस्थालाई हेरेर उचित मौद्रिक नीति आउँछ : गभर्नर अधिकारी

    अर्थतन्त्रको वर्तमान अवस्थालाई हेरेर उचित मौद्रिक नीति आउँछ : गभर्नर अधिकारी

    अनलाइन नेपाल
  • मंगलबार, २५ असार २०८१
  • 429
    SHARES

    काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले सरकारको आर्थिक अवस्था कमजोर रहेको बताएका छन् ।

    मंगलबार नेपाल राष्ट्र बैङ्कसँग महासङ्घले आयोजना गरेको मौद्रिक नीतिबारेको छलफलमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।



    उनले अर्थतन्त्रका धेरै पक्ष बलियो भए पनि सरकारको आर्थिक पक्ष कमजोर भएको उल्लेख गरे । उनले कोभिडको बेलामा राष्ट्र बैङ्कले दिएको सुविधाले व्यवसाय बाँचेको बताए ।



    उनले त्यतिबेला राष्ट्र बैङ्कले सुविधा नदिएको भए व्यवसाय र अर्थतन्त्र दुवै बाच्ने अवस्था नभएको बताए । राष्ट्र बैङ्कले व्यवसायमा सुविधा दिनुको अर्थ पनि अर्थतन्त्रलाई बचाउनु भएको उनको भनाई छ ।

    उनले राष्ट्र बैङ्कले अर्थतन्त्रको वर्तमान अवस्थालाई हेरेर उचित मौद्रिक नीति ल्याउने उल्लेख गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार