Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • सीमा बिबादमा भारतको पक्षमा वकालत गर्ने सांसद गिरीलाई संसदमै प्रतिवाद

    सीमा बिबादमा भारतको पक्षमा वकालत गर्ने सांसद गिरीलाई संसदमै प्रतिवाद

    अनलाइन नेपाल
  • सोमबार, ५ जेष्ठ २०७७
  • 5.3K
    SHARES

    काठमाडौं । समाजवादी पार्टीकी सांसद सरिता गिरीले  लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई नेपाली नक्सामा राख्न छिमेकीसँग सोध्नुपर्ने अभिव्‍यक्ति दिएर विबादमा तानिएकी छन्।

    उनको संसदमै प्रतिवाद भएको छ।  सरकारले आफ्नो नीति तथा कार्यक्रममा लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्ने  उल्लेख गरेको थियो ।



    समाजवादी पार्टीकी सांसद सरिता गिरीले भारत र चीनसँग संवाद नगरी नक्सा जारी गर्ने घोषणाले सरकारको परराष्ट्र नीतिमाथि प्रश्न उठेको बताएकी थिइन्।



    जसको बिरोध भइरहेको छ भने  सांसदहरु पनि प्रतिवादमा उत्रिए। सांसद गोमा देवकोटाले नेपालको भूभागको नक्सा निकाल्नलाई छिमेकी मुलुकलाई सोध्नुपर्ने कुरा लाजमर्दो भएको वताउँदै  आफ्नो देशको नक्सा निकाल्न कुनै छिमेकीलाई सोध्नुनपर्ने बताइन्।

    आजको संसदमा राप्रपाका सांसद राजेन्द्र लिङ्देनले पनि आफ्नो नक्सा निकाल्न छिमेकीलाई सोध्नु नपर्ने बताएका थिए।

    नेकपाका सांसद महेश बस्नेतले पनि नेपालको नक्सा निकाल्न छिमेकीलाई सोध्नुपर्ने कुराको विरोध गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार