Online Nepal
  • बुधबार, १२ मंसिर २०८१
  • कांग्रेस भद्रगोल बन्दै, २८ वटै विभाग खाली

    कांग्रेस भद्रगोल बन्दै, २८ वटै विभाग खाली

    अनलाइन नेपाल
  • मंगलबार, २१ असार २०७९
  • 816
    SHARES

    फाइल तस्विर

    काठमाडौं । देशको सत्ता सम्हालेको दल नेपाली काँग्रेस आफैँ भने भद्रगोल बन्दै गएको छ । १४औँ महाधिवेशन सम्पन्न भएको ६ महिना बित्दासमेत काँग्रेस नेतृत्व विधानअनुसार अघि बढ्न सकेको छैन । काँग्रेसले गत मङ्सिरमा नयाँ नेतृत्व चुनेको थियो ।

    १४औँ महाधिवेशनबाट निर्वाचित बनेका सभापति शेरबहादुर देउवाले पार्टी विधानमा उल्लेख भएअनुसार ६ महिनाभित्र विभाग गठन गर्नुपर्नेमा सो समय नाघ्दासमेत त्यतातर्फ ध्यान दिएका छैनन् ।



    सभापतिले विधान मिचेको भन्दै पार्टीभित्रै उनको आलोचना भएको छ । विभाग खाली भएकाले कैयौँ नेताले पार्टीभित्र ‘बिजनेस’ पाउन सकेका छैनन् ।



    काँग्रेस विधानको धारा ६० मा ‘पार्टीको सबै तहमा गठन गर्ने भनिएका विभाग-समिति-विभिन्न निकाय महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र गठन गरिसक्नुपर्नेछ,’ भन्ने उल्लेख छ ।

    काँग्रेस विधानको धारा ३७ मा २८ विभाग रहने उल्लेख छ । केन्द्रमा रहने ती विभागमा केन्द्रीय कार्यसमितिका सदस्य प्रमुख रहने वैधानिक व्यवस्था छ । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार