Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • नागढुंगामा विस्फोटक पदार्थ राख्न बंकर बनाइँदै

    नागढुंगामा विस्फोटक पदार्थ राख्न बंकर बनाइँदै

    अनलाइन नेपाल
  • आइतबार, ४ जेष्ठ २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । विस्फोटक पदार्थ भण्डारण गर्न बंकर निर्माण हुनेभएको छ ।  नागढुंगा–सीतापाइला सुरुङमार्ग निर्माणका लागि आवश्यक पर्ने विस्फोटक पदार्थ भण्डारणका लागि बंकर निर्माण हुन लागेकाे हाे । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले थानकोट ब्यारेकसहित सुरुङको दुवै मुखनजिक बंकर निर्माण गर्न लागेको हो ।

    थानकोट ब्यारेकमा ५० टन क्षमताको बंकर निर्माण सम्पन्न भएको र सुरुङको दुवैतर्फ बंकर निर्माणको काम चाँडै हुने आयोजना प्रमुख श्यामप्रसाद खरेलले बताए। उनका अुनसार ब्लास्ट मेथडबाट खन्ने सुरुङका लागि विस्फोटक पदार्थ अत्यावश्यकरूपमा लिइन्छ । सुरुङ आयोजनाले विस्फोटक पदार्थ खरिदको प्रक्रिया थालिसकेको छ ।



    सरकारले राष्ट्रिय प्राथमिकतामा राखेको यस सुरुङ निर्माणका लागि निर्माण कम्पनीले निर्माण सामग्रीसमेत आपूर्ति गरिरहेको उहाँले जानकारी दिए । राष्ट्रिय प्राथमिकता प्राप्त बहुचर्चित आयोजनाका रूपमा रहेको नागढुंगा सुरुङमार्ग आयोजनाको ४२ महिनाभित्र काम सम्पन्न गर्ने गरी गएको कात्तिक २८ गतेबाट निर्माणको काम थालेको थियो ।



    दुई दशमलब ७ किलोमिटर लम्बाइको उक्त सुरुङमार्ग खन्न ९ सय टन विस्फोटक पदार्थ आवश्यक पर्ने आयोजनाले जनाएको छ । जापान सरकारको ऋण सहयोगमा जापानी कम्पनी हाज्मा/आन्दो जेभीले सुरुङमार्गको निर्माण गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार