Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • कोरोना संक्रमित महिलाको लाश सुरक्षाकर्मीकाे स्कटिङमा यसरी ल्याइयो

    कोरोना संक्रमित महिलाको लाश सुरक्षाकर्मीकाे स्कटिङमा यसरी ल्याइयो

    विद्युतीय शवदाहगृहमा अन्त्येष्टी

    अनलाइन नेपाल
  • शनिबार, ३ जेष्ठ २०७७
  • 3.7K
    SHARES

    काठमाडौं । कोरोना संक्रमणका कारण काभ्रे जिल्लाको धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलाको लाश पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएकाे छ ।

    सिन्धुपाल्चोक निवासी २९ वर्षीया सुत्केरी महिलाको कोरोना भाइरसको संक्रमणबाट गत बिहीबार नै मृत्यु भएपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने कोरोनाकै कारणा मृत्यु भएको भनेर त्यसको औपचारिक पुष्टि आज बेलुका मात्र गरेको हो ।



    उक्त लाश नेपाली सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरी समेतको टोलीले स्कर्टिङ गरेर पशुपति आर्यघाट ल्याइसकेको थियाे ।



    अरनीको राजमार्ग हुँदै पशुपती आर्यघाटमा लाश ल्याउँदा सडकममा मानिसहरुलाई हिड्न समेत दिइएको थिएन ।

    झण्डै एक दर्जन सवारी साधनको स्कटिङमा भक्तपुर अस्पतालको शबवाहनमा महिलाका लाश ल्याइएको थियो ।

    शव बोक्नका लागि एम्बुलेन्ससहितको टोली अघि साँझ ८ बजे भक्तपुर अस्पतालबाट धुलिखेल अस्पताल गएको हो । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान, नेपाली सेना वीरदल गणका गणपति कर्णेल शिव पौडेलसहितको सुरक्षाकर्मीको टोली र शव व्यवस्थापनका लागि उद्धार टोलीका अरुण सैँजु र राजेश गाईजुको टोली धुलिखेल अस्पताल पुगेको थियो ।

    शव बोक्न कुनै पनि शवबाहन तयार नभएपछि भक्तपुरबाट एम्बुलेन्स मगाएको काभ्रे प्रहरीले जानकारी दिएको छ । धुखिलेल अस्पतालबाट शवलाई पशुपति आर्यघाटको विद्युतीय शवदाह गृहमा दाहसंस्कार गरिने भएपछि त्यसको सबै काम उद्धार टोलीका सैजु र गाईजुले गर्ने गरेको बताइएको छ ।

    वैशाख २४ गते त्रिवि शिक्षण अस्पतालमा डेलिभरी भएकी ती महिलामा श्वास्प्रश्वासमा समस्या भएपछि धुलिखेलमा थप उपचारका लागि आउँदै गर्दा बाटोमा मृत्यु भएको स्वस्थ्य मन्त्रालयले जनाएको छ । कोरोना भाइरसबाट नेपालमा पहिलो पटक मृत्यु भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार