Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • कोरोना भाइरसका कारण नेपालमा पहिलो मृत्यु

    कोरोना भाइरसका कारण नेपालमा पहिलो मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, ३ जेष्ठ २०७७
  • 4.4K
    SHARES

    काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट एक जनाको मृत्यु भएको छ । धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी कोरोना भाइरसको संक्रमणकै कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    मन्त्रालयले शनिबार राती विज्ञप्ति जारी गर्दै सुत्केरीको मृत्यु कोरोना भाइरसको संक्रमणका कारण भएको जानकारी दिएको हो। उनी नेपालमा कोरोना भाइरसको कारण मृत्यु हुने पहिलो व्यक्ती हुन्। ‘नेपालमा कोभिड१९बाट मृत्यु भएको यो पहिलो घटना भएको पुष्टि भएको छ’, मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।



    उनको ९ दिनअघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी भएको थियो । त्यसपछि घर गएकी उनलाई ज्वरो र खोकी लाग्नुका साथै स्वासप्रश्वासमा समस्या आयो । स्थानीय अस्पतालमा उपचार गर्दा पनि नभएपछि बिहीबार धुलिखेल ल्याइएको थियो ।



    धुलिखेल अस्पताल आइपुग्नु अगाडि नै उनको मृत्यु भएको पाइएको चिकित्सकहरुले मृत्यु घोषणा गरे । कोरोनासाग मिल्दोजुल्दो लक्षण भएकाले उनको पीसीआर विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ अयो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पनि उनको रिपोर्ट पोजेटिभ नै आएको छ ।

    शनिबार नै स्वास्थ्य मन्त्रालयले उनको मृत्युको कारणबारे अध्ययन गर्न धुलिखेलमा टोली पठाएको छ । टोलीको रिपोर्टका आधारमा मन्त्रालयले उनको मृत्यु कोरोनाका कारण भएको घोषणा गरेको छ ।

    हालसम्म नेपालमा २८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। जसमध्ये ३६ जना उपचारपछि निको भइसकेको छ भने मृत्यु भने पहिलो हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार