Online Nepal
  • बुधबार, २१ कार्तिक २०८१
  • फोनवार्ता प्रकरणबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन

    फोनवार्ता प्रकरणबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन

    अनलाइन नेपाल
  • बुधबार, ८ असार २०७९
  • 840
    SHARES

    काठमाडौँ । घूस लेनदेनसम्बन्धी फोनवार्ता प्रकरणबारे न्यायपरिषद्‍ले तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको छ ।

    बुधबार बसेको न्यायपरिषद्‍को बैठकले काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच घूस लेनदेनसम्बन्धी फोनवार्ताबा बारे सदस्य रामप्रसाद श्रेष्ठको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।



    न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउनका लागि घूस लेनदेनको अडियो वार्ता सार्वजनिक भएको छ ।



    काठमाडौं जिल्ला अदालतका न्यायाधीश कोइरालाले भने आफूले अनुचित कार्य नगरेको दाबी गरेका छन् । साथै उनले आफ्नाबारे सार्वजनिक भएको समाचारप्रति ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार