Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • नीति तथा कार्यक्रमप्रति गगन थापाको व्यंग्यः यो वर्ष त देशमा चमत्कार नै हुने रहेछ

    नीति तथा कार्यक्रमप्रति गगन थापाको व्यंग्यः यो वर्ष त देशमा चमत्कार नै हुने रहेछ

    अनलाइन नेपाल
  • शुक्रबार, २ जेष्ठ २०७७
  • 2.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान सरकारको अबको कार्यदिशा सुदृढ स्वास्थ्य पूर्वाधार निर्माण, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थान हुने जानकारी दिंदै आज संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिन ।

    आथिर्क वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उनले नेपाललाई पहिलो कोरोनामुक्त देश बनाउने सरकारको लक्ष्य रहेको बताइन्।



    नीति तथा कार्यक्रमप्रति कांग्रेसका युवा नेता गगन थापाले व्यंग्यात्मक टिप्पणी गरेका छन् । उनले नीति तथा कार्यक्रम कोरोना भाइरसको संकटमा केन्द्रित हुन नसकेको भन्दै यस्तो टिप्पणी गरेका हुन् ।



    राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमका सम्बन्धमा टिप्पणी भइरहँदा कांग्रेस नेता थापाले ट्वीटरमा  लेखेका छन्- ‘नीति तथा कार्यक्रम आउनु अगाडि डराएको थिए, अब ढुक्क भएँ । कोरोनाले नेपालमा खासै प्रभाव नै पारेको रहेनछ । ढुकुटी पनि दह्रै रहेछ । साधन स्रोत प्रशस्तै रहेछ । ठिकठाक मात्र हैन यो वर्ष त देशमा चमत्कार नै हुने रहेछ । देश परदेशमा भएको कोही पनि आतिनु पर्ने रहेनछ । सरकार त पाएकै हो । धन्यवाद मेरो सरकार !

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार