Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • सचिन तेन्दुलकरले लिए मुद्दा फिर्ता

    सचिन तेन्दुलकरले लिए मुद्दा फिर्ता

    अनलाइन नेपाल
  • शुक्रबार, २ जेष्ठ २०७७
  • 2.8K
    SHARES

    एजेन्सी । सचिन तेन्दुलकरले क्रिकेट ब्याट निर्माणकर्ता कम्पनी स्पार्टानविरुद्धको कानुनी मुद्दा फिर्ता लिएका छन् । कम्पनीले सम्झौताको उल्लंघन गरेको स्विकार गर्दै माफी मागेपछि अष्ट्रेलियाको संघीय अदालतबाट सचिनले मुद्दा फिर्ता लिएका हुन् ।

    सन् २०१९ मा सचिनले स्पार्टान कम्पनीसँग उसको स्पोर्ट्स सामग्री र स्पोर्ट्सवेयरहरुको प्रचार गर्न विश्वव्यापी एक्सक्लुसिभ स्पोनसरशिप सम्झौता गरेको थियो । तर पछि सम्झौता अनुसार स्पार्टान कम्पनीले आफूलाई रोयल्टी तथा इन्डोर्समेन्ट फी नतिरेको भन्दै सचिनले अष्ट्रेलियाको संघीय अदालतमा मुद्दा दायर गरेका थिए ।



    पछि सम्झौता रद्द गरिसकेपछि पनि स्पार्टान कम्पनीले तेन्दुलकरको नाम र छविलाई निरन्तर प्रयोग गरिरहेको थियो । तेन्दुलकरले २०१८ सेप्टेम्बर १७ मा उक्त स्पोन्सरशिप सम्झौता रद्द गरेको हुँदा तेन्दुलकरसँग अब कम्पनीको कुनै पनि सम्बन्ध नरहेको पनि कम्पनीले स्वीकार गरेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार