काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले अस्पतालबाट कोरोना संक्रमित भागेको खण्डमा नियन्त्रणमा लिनका लागि सुरक्षाकर्मीलाई गोली समेत हान्न पाउने अधिकार दिएको छ ।
संकट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले प्रहरीलाई उक्त अधिकार दिएको हो ।,
बुधबार वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट शौचालय जाने बहानामा दुई जना संक्रमित भागेका थिए। तर, दुबै जना पक्राउ परिसकेका छन् ।
Leave a Reply