काठमाडौं । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले भारतले रेलयात्रालाई खुल्ला गर्दा नेपालीहरु असुरक्षित बनेको बताएका छन् ।
रेलयात्रा खुल्ला भएसँगै नेपाल प्रवेश गर्नेको लर्को लागेको र भारतबाट आएका नै नेपालमा संक्रमित भएको बताउँदै उनले रेलयात्राबाट नेपालमा उच्च जोखिम तथा असुरक्षित देखिएको बताएका हुन् ।
बाँकेका नयाँ संक्रमितहरु दक्षिण भारतबाट आई क्वारेन्टाइनमा बसेकाहरु भएको बताउँदै उनले भारतका कारण नेपालमा कोरोनाको संक्रमण उच्च देखिँदै गएकोले आम नागरिक सचेत तथा संयम हुनलाई आग्रह गरेका छन् ।
Leave a Reply