Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • काेराेनाकाे कहर : कारागारमा उच्च सतर्कता

    काेराेनाकाे कहर : कारागारमा उच्च सतर्कता

    अनलाइन नेपाल
  • बुधबार, १७ भाद्र २०७७
  • 3.3K
    SHARES

    काठमाडाैँ । कोरोनाको सङ्क्रमण बढ्दै गएपछि कारागार कार्यालय चितवनमा उच्च सतर्कता अपनाइएको छ । क्षमताभन्दा तीनगुणा बढी कैदीबन्दी रहेको कारागारमा कोरोनाको जोखिम बढेसँगै उच्च सतर्कता अपनाइएको हो । जिल्लामा कोरोना सङ्क्रमण बढ्दै जाँदा कैदीबन्दीमा कोरोना सङ्क्रमणको जोखिम बढेकाले उच्च सावधानी अपनाइएको कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेले बताए। सङ्क्रमण शुरु हुने समयमा नै कैदीबन्दीलाई आफन्तसँगको भेटघाटलाई पूर्ण बन्द गरिएको थियो । गत चैत महिनादेखि नै कैदीबन्दीलाई भेटघाट बन्द गरिएको छ ।

    यस्तै कैदीबन्दीलाई पैसाबाहेक अन्य केही दिन पाइने छैन । भित्र ल्याउने सामानमा समेत सेनिटाइज गरेर मात्र पठाइने गरिएको छ । कर्मचारीलाई अत्यावश्यक कामबाहेक कार्यालय नआउन र घरमै बस्न भनिएको काफ्लेले जानकारी दिए । अस्पताल र कारागार पठाउनैपर्ने जटिल बिरामीलाई पिसिआर परीक्षण गरेर मात्र पठाउने गरिएको छ भने अन्य बिरामीलाई आन्तरिकरुपमा औषधिको व्यवस्था गरेर अस्पताल पठाउन बन्द गरिएको छ ।



    चिकित्सकले सिफारिस गरेका औषधि कारागारमै ल्याएर नियमित खानेलाई दिने गरिएको छ । औषधि खानेलाई एउटा ब्लक, सरूवा रोग भएकालाई अर्काे र अदालतबाट नियमित आउने थुनुवालाई क्वारेन्टिनका रुपमा छुट्टै ब्लकमा राख्ने गरिएको काफ्लेले जानकारी दिए ।



    प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले लकडाउन शुरु भएयता नै कारागारमा उच्च सावधानी अपनाइएको बताए। नयाँ कैदीबन्दी थपिँदा पिसिआर अनिवार्य गरिएको छ भन्दै उहाँले खाद्यान्न लिएर जानेबाट रोग सर्छ कि भन्ने चिन्ता रहेको जानकारी दिए । उनीहरुलाई पनि विशेष सावधानी अपनाउन भनिएको उनको भनाइ छ । कारागारमा धेरै कैदीबन्दी भएकाले सङ्क्रमण छिरेमा नियन्त्रणमा कठिनाइ हुने भएकाले सबैको साथ र सहयोग आवश्यक रहेकाे भट्टराई बताउछन् ।

    अहिले कारागारमा ६८६ कैदीबन्दी छन् । तीमध्ये ५५ महिला र ६२८ पुरुष छन् । एक आश्रित बच्चा रहेको काफ्लेले बताउनुभयो । महिलाको क्षमता २५ र पुरुषको क्षमता २५५ छ । तीमध्ये नियमित औषधि सेवन गर्ने दीर्घरोगी कैदीबन्दी १८२ जना छन् । नियमित औषधि खानेमा मुटु रोगका छ, उच्च रक्तचापका ७५ , मधुमेहका ६३ , क्षयरोगका दुई , थाइराइडका ११ , युरिक एसिडका १७ , छारेरोगका दुई, एचआइभीका तीन र मानसिक रोगी तीन जना छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार