काठमाडौं । बुधबार पनि शेयर बजार भारी अंकले ओरालो लागेको छ ।
गत बिहीबारबाट लगातार ओरालो लागेको शेयर बजार आज पनि ओरालो लागेको हो ।
आज कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक २९.८९ अंकले घटेर १९६६.३७ को बिन्दुमा पुगेको हो ।
नेप्सेमा सूचीकृत २२९ कम्पनीको ४१ लाख ८२ हजार ३६९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४९ करोड १७ लाख ५८ हजार ८१७ रुपैयाँको कारोबार भएको छ ।
आज करिब साढे १ अर्बको कारोबार हुँदा सर्वाधिक नेपाल टेलिकम कम्पनीको शेयर खरिदबिक्री भएको छ ।
यस दिन पनि १३ वटै उपसमूहको परिसूचक ओरालो लागेका छन्। जसमध्ये वित्त, जलविद्युत, लगानी, जीवन बीमा र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेका छन् भने बैंकिङ्ग, विकास बैंक, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन्।
नेप्से परिसूचक ओरालो लागेपनि यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन आँधीखोला लघुवित्त र सीवाईसी लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
Leave a Reply