काठमाडौं । मंगलबार शेयर बजार ओरालो लाग्दै २००० भन्दा तलको बिन्दुमा झरेको छ ।
मंगलबार नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक उच्च अंकले घटेर १९९६.२६ को बिन्दुमा पुगेको हो ।
आज नेप्से परिसुचक ३६.०७ अंक्ले घटेर १९९६.२६ को बिन्दुमा झरेको हो ।
आज नेप्से ३६ अंकले घट्दा सूचीकृत २३२ कम्पनीहरुको ४१ लाख ४७ हजार २५५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १८ करोड ५५ लाख ४६ हजार १७९ रुपैयाँको कारोबार भएको छ ।
मंगलबार १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ।
आज १ अर्बमाथिको कारोबार हुँदा सर्वाधिक शिवम् सिमेन्ट्सको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज एकैदिन ४ करोड ६७ लाख १८ हजार १९३ रुपैयाँको कारोबार भएको हो ।
Leave a Reply