काठमाडौं । शुक्रबार पनि शेयर बजार ओरालो लागेको छ । ८ दिनपछि ६० अंकले बढेको नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक बिहीबार र शुक्रबार नै घटेको छ ।
आज नेप्से परिसुचक १४।६४ अंकले घटेर २०४८।१६ को बिन्दुमा पुगेको छ ।
आज २२९ कम्पनीको ३० लाख ४५ हजार ८३८ कित्ता शेयर खरिदबिक्री हुदाँ ८९ करोड ४१ लाख २४ हजार ११४ रुपैंयाको कारोबार भएको छ ।
शुक्रबार कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएको छ । त्यसमध्ये सबै भन्दा धेरै उत्पादन तथा प्रशोधन उपसमूहको सूचक २।०२ प्रतिशतले घटेको छ भने हाइड्रोपावर उपसमूहको सूचक पनि सबै भन्दा कम ०।३० प्रतिशतले घटेको छ ।
नेप्से सूचक दोहोरो अंकले घटेपनि यस दिन तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
शुक्रबार कारोबार रकमको आधारमा कुमारी बैंक शिर्ष स्थानमा रहेको छ । कुमारी बैंकको सबैभन्दा धेरै ५ करोड ५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
Leave a Reply