काठमाडौं । बिहीबार फेरि शेयर बजार ओरालो लागेको छ ।
हिजो अर्थात बुधबार ६० अंकले बढेको नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक आज १७.५८ अंकले घटेर २०६२.८६ को बिन्दुमा झरेको छ ।
नेप्सेमा सूचीकृत २२९ कम्पनीको ४१ लाख ५६ हजार १०४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४७ करोड २६ लाख ९० हजार ५५४ रुपैयाँको कारोबार भएको छ ।
अघिल्लो दिन शेयरबजारमा एकाएक सुधार आएपनि कारोबार रकम भने खासै माथि उक्लिन सकेको थिएन ।
आजपनि एक अर्बमाथिको कारोबार हुँदा सर्वाधिक कुमारी बैंकको शेयर खरिदबिक्री भएको छ । बैंकको आज एकैदिन ६ करोड ७४ लाख ६९ हजार ३०१ रुपैयाँको कारोबार भएको छ ।
बिहीबार कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएको छ जसमा विकास बैंक र फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै घटेको छ।
यस दिन भर्खरै आइपीओ जारी गरेर कारोबार खुलेका उपकार लघुवित्त र बलेफि हाइड्रोपावरको शेयरमूल्य उच्च दरले बढेको छ भने मिथिला लघुवित्तको ३।९५ प्रतिशत नयाँ सारथी लघुवित्तको २।७५ प्रतिशत र लाइफ इन्स्योरेन्स कर्पोरेशनको २.७० प्रतिशतले बढेको छ।
यस दिन सिगटी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ५.३४ प्रतिशतले घटेको छ भने समिट लघुवित्तको ५.०३ प्रतिशत, इमर्जिङ नेपालको ४.३४ प्रतिशत, लुम्बिनी विकास बैंकको ४.३० प्रतिशत र प्रोग्रेशिभ फाइनान्सको ४.२१ प्रतिशतले घटेको छ।
Leave a Reply