Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • १३ अंकले ओरालो लाग्यो शेयर बजार

    १३ अंकले ओरालो लाग्यो शेयर बजार

    अनलाइन नेपाल
  • सोमबार, २३ जेष्ठ २०७९
  • 894
    SHARES

    काठमाडौं । सोमबार शेयर बजारमा करिब १३ अंकले घटेको छ । पछिल्लो समय उच्च अंकले घटेको शेयर बजार आज पनि १२.९२ अंकले घटेर २०६५.७८ को बिन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.६२ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ३.१२ अंकले घटेर ४००.३६ विन्दुमा झरेको छ ।



    कूल २२८ वटा कम्पनीको ४४ लाख ९ हजार ६ सय ९१ कित्ता शेयर खरिदबिक्री हुँदा एक अर्ब २७ करोड ३३ लाख ८५ हजार २ सय ७७ रूपैयाँ बराबरको कारोबार भएको छ ।



    स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ६ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ७ वटा उपसमूहको शेयर घटेको छ ।

    सोमबार एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ८ करोड २४ लाख ७७ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

    आज उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता एक हजार ९ सय ३२ रूपैयाँ ८० पैसा पुगेको छ ।

    त्यसैगरी, यस दिन हिमालयन बैंक लिमिटेडको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य ९।९९ प्रतिशतले घटेर प्रतिकित्ता ३ सय ५८ रूपैयाँ ९० पैसामा झरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार