काठमाडौं । बुधबार पनि शेयर बजार ओरालो लागेको छ ।
मंगलबार ३५.५३ अंक घटेर २१३७.९२ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक ७.२१ अंकले घटेर २१३०.७१ बिन्दुमा झरेको छ ।
आज नेप्सेमा सूचीकृत २२७ कम्पनीको ३० लाख २० हजार ६७ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७ करोड ८४ लाख ८४ हजार १८१ रुपैयाँको कारोबार भएको छ ।
नेप्से इन्डेक्स घटेसँगै शेयरको मात्रा र कारोबार संख्या दुवै घट्न पुगेको छ ।
आज एक अर्बमाथिको कारोबार हुँदा सर्वाधिक नेपाल इन्भेष्टमेन्ट बैंकको भएको खरिदबिक्री भएको छ । बैंकको आजमात्रै १२ करोड १३ लाख ७३ हजार ९ रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, हिमालयन डिस्टिलरीको ४ करोड ६८ लाख, शिखर इन्स्योरेन्सको ३ करोड ७८ लाख, एनआइसी एशिया बैंकको ३ करोड २० लाख रुपैयाँ र अरुण काबेली पावरको २ करोड ८८ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।
Leave a Reply