काठमाडौं । ललितपुरस्तित आरोग्य प्रतिष्ठानमा कार्यरत एक महिला कर्मचारीमा कोरोना पोजिटिभ देखिएपछि प्रतिष्ठानसहित निदान अस्पताललाई पनि सिल गरिएको छ ।
मंगलबार कोरोना पोजिटिभ देखिएकी महिला केहि दिन अघि मात्रै
तराइको जिल्लाबाट काठमाडौं आएकी थिइन् ।
उनलाई प्रतिष्ठानको काममा फर्कनु पूर्व शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पीसीआर परीक्षण गर्न लगिएको थियो ।
प्रतिष्ठान निदान अस्पतालकै प्रांगणमा भएकाले दुबैलाई सिल गरिएको हो । परीक्षण गराएर फर्किएपछि ति महिलालाई अस्पताल पुर्याउने ड्राइभर र अर्का एक कर्मचारी प्रतिष्ठानको नियमित काममा खटिएको कारण उक्त क्षेत्रलाई सावधानीका लागि सिल गरिएको हो ।
मा मिर्गौला फेल भएका बिरामीहरुको डायलासिस हुने गर्छ ।
Leave a Reply