Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • नवनिर्वाचित अध्यक्षको शपथ रोक्न निर्वाचन आयोगको निर्देशन

    नवनिर्वाचित अध्यक्षको शपथ रोक्न निर्वाचन आयोगको निर्देशन

    अनलाइन नेपाल
  • शुक्रबार, ६ जेष्ठ २०७९
  • 1.4K
    SHARES

    काठमाडौँ । कैलालीको मोहन्याल गाउँपालिकाका नवनिर्वाचित अध्यक्षको शपथ रोक्न निर्वाचन आयोगले निर्देशन दिएको छ ।

    अर्को निर्णय नभएसम्मका लागि शपथ रोक्न आयोगले निर्देशन दिएको हो ।



    नवनिर्वाचित अध्यक्ष उपाध्यायविरुद्ध विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी मुद्दा विचाराधीन छ । वडा नम्बर २ को अध्यक्ष रहेका बेला उनीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको थियो ।



    मोहन्याल गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवारी दिएका देवीदत्त उपाध्याय निर्वाचित भएका थिए ।

    यस्तै, नेपाली काँग्रेसबाट वडा नम्बर ३ को वडाध्यक्षमा निर्वाचित नन्दराम गिरीविरुद्ध पनि भ्रष्टाचार सम्बन्धी मुद्दा अदालतमा विचाराधीन छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार