बाजुरा । नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप भएको छ ।
चुनाव प्रचारप्रसारको क्रममा जिल्लाको बुढीनन्दा नगरपालिका-९ मा झडप भएको हो ।
एकीकृत समाजवादीका कार्यकर्ताले कुकुरलाई हिर्काएको आरोपमा झडप सुरू भएको बताइएको छ ।
कांग्रेसका कार्यकर्ताको कुटाइबाट उनी नेकपा एसका कार्यकर्ता पाण्डुसेन प्रहरी कार्यालय पुगेका थिए ।
घटना नियन्त्रणमा लिन हवाई फायरसमेत गरेको छ । प्रहरीतर्फ तीनजना र नेपाली कांग्रेसका तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
Leave a Reply