काठमाडौं । सोमबार शेयर बजार फेरी दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक आज ३४.९५ अंकले घटेर २३८६.०१ को बिन्दुमा झरेको छ ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। यस दिन २३९ स्टकको ४६ हजार ४०१ पटकको कारोबारमा २ अर्ब ४ करोड २२ लाख रुपैयाँ बराबरको ५० लाख ४७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
सोमबार १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक उकालो लागेको छ भने बाँकी ११ उपसमूहको परिसूचक ओरालो लागेको छ।
कारोबार रकमका आधारमा यस दिन अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८ करोड ११ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
त्यस्तै, यस दिन शिवम् सिमेन्ट्स र हिमालयन डिष्टिलरीको ६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।
Leave a Reply