Online Nepal
  • बुधबार, १२ मंसिर २०८१
  • प्रतिबन्धित भारतीय रुपैयाँसहित त्रिभुवन विमानस्थलबाट एकजना पक्राउ

    प्रतिबन्धित भारतीय रुपैयाँसहित त्रिभुवन विमानस्थलबाट एकजना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ३० चैत्र २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । प्रतिबन्धित भारतीय रुपैयाँ र नेपाली रुपैयाँसहित एकजना त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन् ।

    नेपाल प्रहरीले लुकाइछिपाइ भारत लैजान लागेको लैजान लागेको प्रतिबन्धित भारतीय रूपैयाँ एक लाख आठ हजार ५०० नगदसहित भारतीय नागरिक ३२ वर्षीय कन्हैया लाललाई पक्राउ गरेको हो ।



    पक्राउ कन्हैया लालले इन्डिगो एयरको उडानमा काठमाडौँबाट भारतको दिल्ली जान लागेको अवस्थामा हातमा बोक्ने झोलामा उक्त रकम लिएर जान लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।



    उनको साथबाट ६ लाख ५४ हजार नेपाली रुपैयाँसमेत बरामद प्रहरीले गरेको जनाएको छ । उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार