Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • अर्थमन्त्रीलाई असहयोग गरेका कारण गभर्नरमाथि कारवाही गरिएको देउवाको प्रष्टिकरण

    अर्थमन्त्रीलाई असहयोग गरेका कारण गभर्नरमाथि कारवाही गरिएको देउवाको प्रष्टिकरण

    अनलाइन नेपाल
  • सोमबार, २८ चैत्र २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौंं । सत्तारुढ गठबन्धनको बैठकमा गभर्नर महाप्रसाद अधिकारीमाथिको कारवाहीबारे कुरा उठेको छ।

    देशको अर्थतन्त्र नकारात्मक दिशातर्फ गइरहेको बेला शुक्रबार सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई  निलम्बन गरेर छानविन समिति गठन गरेको थियो।



    अर्थतन्त्र संकटमा रहेको बेला गभर्नरको कारवाहीबारे आलोचना भइरहेको छ।



    सोमबार सत्तारुढ गठबन्धनको बैठकमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले गभर्नरलाई किन कारवाही गरियो ?  भन्दै प्रश्न गरेका थिए ।

    स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्रीलाई असहयोग गरेका कारण गभर्नरलाई कारवाही गरिएको प्रष्टिकरण दिएका छन् ।

    स्रोतका अनुसार प्रधानमन्त्री देउवाले गभर्नरले के कुरामा असहयोग गर्यो भन्नेबारे केही पनि खुलाएनन् ।

    अर्थमन्त्रीले गभर्नरले असहयोग गरेको भनेपछि कारबाही गरिएको बताएपछि अरु केही कुरा उठेन।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार