Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • आयात घटाउन नसके नेपालको अर्थतन्त्रमा थप चुनौती रहेको गभर्नरको भनाई

    आयात घटाउन नसके नेपालको अर्थतन्त्रमा थप चुनौती रहेको गभर्नरको भनाई

    अनलाइन नेपाल
  • शुक्रबार, २५ चैत्र २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले आयात घटाउन नसके नेपालको अर्थतन्त्रमा थप चुनौती रहेको बताएका छन् ।

    शुक्रबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको ‘बाह्य क्षेत्र स्थायित्वको चुनौती’ विषयक सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले आयात प्रतिस्थापन नगरेसम्म बाह्य क्षेत्रको स्थायित्वमा जोखिम कायमै रहने बताएका हुन् ।



    कोभिड–१९ को प्रभाव घटेसँगै कर्जा विस्तार, बढ्दो आयात र पर्यटन क्षेत्रको आम्दानीमा कमी आएका कारण चालु खाता र शोधनान्तर स्थिति निरन्तर घाटामा रहेको उनको भनाइ छ ।



    ‘कुल आयातमा ३५ प्रतिशत हिस्सा रहेको उपभोग्य वस्तुको आयातलाई प्रतिस्थापन नगर्दासम्म बाह्य क्षेत्र स्थायित्वमा जोखिम कायमै रहन्छ’ उनले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार