Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • बागमती प्रदेश यातायात मन्त्रालयः घुस असुल्दै सरुवा, पोखरेल दाजुभाइको चकचकी

    बागमती प्रदेश यातायात मन्त्रालयः घुस असुल्दै सरुवा, पोखरेल दाजुभाइको चकचकी

    अनलाइन नेपाल
  • बिहिबार, २४ चैत्र २०७८
  • 3.2K
    SHARES

    हेटौंडा । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालय केही कर्मचारीको कमाउने भाँडो बनेको छ । उक्त मन्त्रालयमा कार्यरत सातौं तहका कर्मचारी राजन पोखरेलको मनोपोली चलिरहेको छ ।

    मन्त्रालय बिभाजन गर्नुअगाडि जुन पार्टीका मन्त्री बन्छन्, रङ बदलेर त्यही पार्टीको बन्दै कमाउन पल्केका राजन पोखरेल हाल माओवादी पार्टीको तर्फबाट घनश्याम दाहाल मन्त्री बनेपछि माओवादी पार्टीकै प्यारो बनेका छन् । उनी मन्त्रालयमा बसेदेखि नै कर्मचारीको सरुवा बढुवा पैसाको चलखेलमा भइरहेको छ । डोरमणि पौडेल मुख्यमन्त्री हटेपश्चात् राजेन्द्र पाण्डे मुख्यमन्त्री भएपछि कर्मचारीतन्त्रमा हावी भएका कर्मचारीका नेता भोलानाथ पोखरेल पनि यस कार्यमा संलग्न भएका छन् ।



    मन्त्रालयमा रहेका राजन पोखरेलको चलखेलमा र आर्थिक चलखेलको भरमा मात्र सरुवा भइरहेको पीडित कर्मचारी बताउँछन् । केही दिनपछि अवकाश हुन लागेका आठौं तहका कर्मचारी शशीशेखर महर्जनलाई नजराना बुझाउन नसकेका कारणले नियमबिरुद्ध जगती लाइसेन्स कार्यालयबाट गुरुजुधारा सरुवा गरिएको छ । गुरुजुधारामा ३ बर्ष ६महिना भन्दा बढी निरन्तर बसिरहेका दीपक पोखरेलको भने भने जति नजराना भरेका कारणले सरुवा गरिएको छैन ।



    झन्डै ३ बर्षअगाडि यातायात सेवा कार्यालय सानो भर्याङ दरबन्दी भएका आठौं तहका कर्मचारी राजकुमार कपालीले राजन पोखरेलेलाइ नजराना दिन अस्वीकार गर्नाले सानो भर्याङ कार्यालयबाट काजमा साना ठूला सवारी कार्यलय एकान्तकुना, त्यसपछि काजमा नै मोटरसाइकल गुरुजुधारा, फेरि जगाती लाइसेन्समा नियम बिरुद्ध काजमा नै जवर्जस्ती पठाएको थिए । हाल उनलाई त्यहीँ दरबन्दी पठाएर कार्यालय प्रमुख बनाइएको एक महिना पनि नहुँदै उनलाई बेइज्जत गर्ने हिसाबले नवौं तहका नेत्र भट्टराईलाई मोटो नजराना असुली साना ठूला सवारी शाखा एकान्तकुनाबाट जगाती पठाएका छन् ।

    साना ठूला सवारी शाखा एकान्तकुनामा भने नवौं तहका कर्मचारी मदन पोखरेललाई स्थापना गरेका छन् ।

    त्यसैगरी निरीह बनेका भेटी चढाउन नसकेका आठौं तहका कर्मचारी डण्डबहादुर बस्नेतलाई गुरुजुधारा मोटरसाइकलबाट तीनकुने सल्लाघारी यातायातमा फालिएको छ । आठौं तहका कर्मचारी बिमल भट्टराईलाई सवारीचालक अनुमतिपत्र शाखा एकान्तकुनामा थन्क्याउने काम भएको छ । यसरी एकजना त्यो पनि सातांै तहको कर्मचारीको मनपरी चल्दा पनि मुख्यमन्त्री र मुख्यमन्त्रीको सचिवालय टुलुटुलु हेरेर मात्र बसिरहेको छ ।

    श्रम रोजगार तथा यातायात मन्त्रालयमा पनि यातायाततर्फ यस्तो भाँडभैलो गर्न पैसाको भरमा काम गर्ने राजन पोखरेललाई मद्दत पुर्याउनेमा कर्मचारी नेता भोलानाथ पोखरेल, आफ्नो स्वार्थ पूरा हुने भएपछि गुरुजुधारामा कार्यरत दीपक पोखरेल, हालै साना ठूला सवारीमा सरुवा भएका मदन पोखरेल समेत चार भाइ पोखरेल र राजन पोखरेलका नातामा साला पर्ने मुख्यमन्त्रीको सचिवालयमा कार्यरत बन अधिकृत अच्युत लामिछाने र आफूलाई अवल दर्जाको समाजवादी कर्मचारी संगठनको नेता भन्न रुचाउने मुख्यमन्त्री सचिवालयमा कार्यरत रमेश लुइँटेल समेतको सहकार्यमा आम कर्मचारी रुवाउने कार्य भएको पीडित कर्मचारीहरु बताउँछन् ।

    यातायाततर्फ घुसको भरमा काम गर्ने राजन पोखरेलले समाजवादी पार्टी निकट तथा आधिकारिक ट्रेड युनियनको अध्यक्षका रुपमा चिनाउँदै हिंड्ने भोलानाथ पोखरेल, आफ्नो स्वार्थ पूरा हुने भएपछि गुरुजुधारामा कार्यरत दीपक पोखरेल, हालै साना ठूला सवारीमा सरुवा भएका मदन पोखरेल समेत चारभाइ पोखरेल र राजन पोखरेलका नातामा साला पर्ने मुख्यमन्त्रीको सचिवालय मा कार्यरत बनअधिकृत अच्युत लामिछाने र आफूलाई अवल दर्जाको समाजवादी कर्मचारी संगठन नेता भन्न रुचाउने मुख्यमन्त्री सचिवालयमा कार्यरत रमेश लुइटेल समेतको सहकार्य देखिएको छ ।

    कर्मचारीको सरुवामा नियम कानुन सबै लत्याएर काम गर्दा पनि भोला पोखरेलले राजन पोखरेललाई संरक्षण गर्दा नेंकपा समाजवादी निकट एकीकृत सरकारी कर्मचारी संगठनका नेताहरु समेत रुष्ट भएका छन् । भोला पोखरेलको काम भनेको पछिल्ला दिनमा समाजवादी निकट कर्मचारीलाई एमालेमा जाओ भन्ने र मालदार ठाउँमा बसेकालाई घुस लिएर संरक्षण गर्ने हुँदैआएको छ । समाजवादी निकट भएर समाजवादीमा किन बस्छौ भन्दै उनले एकीकृत सरकारी कर्मचारी संगठनका नेताहरुलाई उक्साउने गरेका छन् । उनले नै उकासेर महासचिव रेवन्त गौतम एमाले निकट निजामती कर्मचारी संगठनमा आत्मसमर्पण गरिसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार