Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • धनलक्ष्मीले आकाशमै जन्माइन् छोरा

    धनलक्ष्मीले आकाशमै जन्माइन् छोरा

    अनलाइन नेपाल
  • मंगलबार, १७ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    सुर्खेत । सुत्केरी हुन नसकेर उद्धार गरिएकी मुगुको खत्याड गाउँपालिका– ४ स्थित जुन्का गाउँकी २० वर्षीय धनलक्ष्मी रावलले हेलिकप्टरमै बच्चा जन्माएका छन्  ।

    मुगुदेखि सुर्खेतसम्मको ४० मिनेटको आकाशको यात्रामा हेलिकप्टरमा चढेको ३० मिनेटपछि उनले छोरा जन्माएकी चालक प्रमुख सेनानी रचन श्रष्ेठलाई उद्रित गर्दै सुर्खेतस्थित नेपाली सेनाको पश्चिम कमाण्डका सेनानी बेलिना मल्लले जानकारी दिए ।



    उनका अनुसार बच्चा उल्टो भएर सुत्केरी हुन नसकेपछि रावललाई सुर्खेतदेखि हेलिकप्टरबाट उद्धार गरिएको थियो ।



    ‘सुत्केरी रावललाई १८ घण्टा लामोसमयसम्म व्यथा लागेर छट्पटिएको अवस्थामा हेलिकप्टरबाट उद्धार गरिएको हो,’उनले भने, थप उपचारका कर्णाली प्रदेश अस्पतालमा भर्ना गरिएका आमा छोरा दुवैको स्वास्थ्य अहिले सामान्य रहेको छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार