Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • आजको मौसम : यी ६ प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

    आजको मौसम : यी ६ प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

    अनलाइन नेपाल
  • शुक्रबार, १३ फाल्गुन २०७८
  • 1.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपालको मौसममा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव परिरहेको छ । आज (शुक्रबार) मधेसबाहेक देशका अन्य सबै प्रदेशमा वर्षा र हिमपातको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    जसका कारण अहिले सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी स्थानमा मौसम आंशिक बदली छ।



    दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ का उच्च पहाडी र हिमाली भेगमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य स्थानमा आंशिक बदली रहनेछ ।



    यस क्रममा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ का धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै देशका उच्च पहाडी र हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना महाशाखाको बुलेटिनमा उल्लेख गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार