काठमाडौं । नेपालमा काेराेना संक्रमितकाे संख्या ५९ पुगेकाे छ। थप २ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि संक्रमितकाे संख्या ५९ पुगेकाे हाे।
नेपालगञ्ज र रुपन्देहीमा १/१ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार रुपन्देही निवासी २५ वर्षका पुरुष र नेपालगञ्जका ६० वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो।
उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा छन्। ५९ जनामध्ये १६ जना उपचारपछि निको भइसकेका छन्।
Leave a Reply