कैलाली । सुदूरपश्चिमका पहाडी सात जिल्लाका हिमाली तथा उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएकोे छ । यहाँ बिहीबार देखि लगातारको बाक्लो हिमपातका भएको हो ।
जसका कारण सुदूरपश्चिमका पहाडी सात जिल्ला जोड्ने भिमदत्त राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अवरुद्ध भएपछि सवारी आवागमन समेत ठप्प भएको छ । हिमपातका कारण अत्याधिक चिसो बढेपछि जनजीवनमा समेत असर परेको छ ।
बिहिवार देखिनै परेको हिमपातका कारण सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा सडक, खानेपानी, बिद्धुत, ईन्टरनेट लगायतका सेवाहरुमा आंशिक प्रभाव पारेको छ ।
भारी हिमपातका कारण चिसो बढेपछि यहाँको जनजीवन कष्टकर बनेको छ । बाक्लो हिमपातकाका कारण नागरिक घरबाहिर निस्किन सकिरहेका छैनन् ।
फोटो फिचर :
Leave a Reply