Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कांग्रेसको नयाँ वरियतामा विश्वप्रकाशभन्दा गगन अगाडि

    कांग्रेसको नयाँ वरियतामा विश्वप्रकाशभन्दा गगन अगाडि

    अनलाइन नेपाल
  • शनिबार, १० पुष २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपाली काँग्रेस महामन्त्रीको वरियतामा गगन थापा अगाडि रहेका छन् ।

    १४ औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित विश्वप्रकाश शर्माभन्दा थापाको वरियता अगाडि राखिएको हो । थापाले  शर्माले भन्दा धेरै मत पाएका थिए ।



    सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ पछिको वरियता थापा निर्धारण गरिएको हो।



    थापा १२ र १३ औं महाधिवेशनमा केन्द्रीय सदस्य बनेका थिए भने शर्मा १३ औं महाधिवेशन मात्र केन्द्रीय सदस्य भएका थिए ।

    नेपाल विद्यार्थी संघमा शर्मा अध्यक्ष रहेको समितिमा थापा उपाध्यक्ष थिए । महामन्त्रीको वरियतामा पार्टी राजनीति प्रवेशलाई आधार बनाएको देखिन्छ ।

    शर्मा १३औं महाधिवेशन केन्द्रीय सदस्य र प्रवक्ता बनेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार