Online Nepal
  • शनिबार, २४ कार्तिक २०८१
  • चिनियाँ सेना सन् २०३५ सम्म विश्वकै शक्तिशाली बन्ने , अमेरिका र भारतलाई तनाब

    चिनियाँ सेना सन् २०३५ सम्म विश्वकै शक्तिशाली बन्ने , अमेरिका र भारतलाई तनाब

    अनलाइन नेपाल
  • बुधबार, ७ पुष २०७८
  • 1.5K
    SHARES

    एजेन्सी। क्षेप्यास्त्र प्रविधि, परमाणु अस्त्र र आर्टिफिसिअल इन्टेलिजन्समा चीनले हासिल गरेको प्रगतिलाई लिएर कैयौँ पश्चिमा पर्यवेक्षकहरूले गम्भीर चिन्ता व्यक्त गरिरहेका छन्।

    उनीहरूका भनाइमा सैनिक सामर्थ्यका हिसाबले ‘नयाँ विश्व सन्तुलन’को चरण जारी रहेको छ।



    राष्ट्रपति सी जिनपिङले चिनियाँ सुरक्षा फौज सन् २०३५ सम्म आधुनिकीकरण भइसक्नुपर्ने आदेश दिएका छन्।



    उनका भनाइमा त्यो बेलासम्म उनीहरू ‘विश्वस्तरको सैनिक शक्ति बनिसक्नुपर्नेछ र सन् २०४९ सम्म युद्ध लड्ने र जित्ने क्षमता हासिल गरिसक्नुपर्ने छ। चीनले आफ्नो रक्षा खर्च पारदर्शी नबनाएको र फरकफरक आँकडा प्रस्तुत गरेको भन्दै केही अन्तर्राष्ट्रिय विज्ञहरूको आलोचना खेप्ने गरेको छ।

    बेइजिङले आफ्नो औपचारिक रक्षा खर्च सार्वजनिक गर्छ तर पश्चिमाहरूले चीनले आफ्ना सुरक्षा बललाई उपलब्ध गराउने बजेट त्योभन्दा उल्लेख्य रूपमा बढी भएको आकलन गर्छन्।

    अमेरिकाबाहेक विश्वको अन्य देशभन्दा बढी अहिले चीनले रक्षा खर्च गर्ने विश्वास गरिन्छ।

    वासिङ्टनस्थित सेन्टर फर स्ट्रेटिजिक एन्ड इन्टर्न्याश्नल स्टडिजका अनुसार चिनियाँ सैनिक बजेट वृद्धिले देशको सम्पूर्ण आर्थिक वृद्धिदरलाई कम्तीमा एक दशकयता जितेको छ।गएको नोभेम्बरमा अमेरिकी रक्षा मन्त्रालयले चीनले यो दशकको अन्त्यसम्म आफ्नो परमाणु भण्डार चार गुणाले बढाउने भविष्यवाणी गरेको थियो।

    चीनको सरकारी सञ्चारमाध्यमले उक्त दाबीलाई हावादारी र पक्षपाती अनुमान भन्दै परमाणु शक्तिलाई ‘न्यूनतम तहमा’ राखिएको जनाएको थियो।

    चीनले सन् २०३० को अन्त्यसम्म १,००० वटा परमाणु क्षमतायुक्त क्षेप्यास्त्र विकास गर्ने योजना बनाएको थियो।

    तर विश्वव्यापी अस्त्र भण्डारको वार्षिक विश्लेषण प्रकाशित गर्ने स्टकहोम इन्टरन्याश्नल पीस रिसर्च इन्स्टिच्युटका विज्ञहरूले हालैका वर्षमा चीनले आफ्ना परमाणु क्षमतायुक्त क्षेप्यास्त्रको सङ्ख्या बढाएको उल्लेख गरेको छ।

    अमेरिकासँग ५,५५० त्यस्ता अस्त्र रहेको र चीनले उक्त लक्ष्य भेट्टाउन अझै लामो समय लाग्ने भनिएको छ।

    तर, चीनले विस्तार गरिरहेको परमाणु क्षमतालाई पश्चिमा सैन्य सर्वोच्चताको चुनौतीका रूपमा हेरिएको छ। हाइपरसोनिक क्षेप्यास्त्र ध्वनिको गतिभन्दा पाँच गुणा वेगवान् हुन्छन्।

    उनीहरू अन्तर्महादेशीय बलिस्टिक क्षेप्यास्त्रजस्तो तेज हुँदैनन् तर उडानका क्रममा उनीहरूलाई राडारबाट पहिचान गर्न एकदमै जटिल हुन्छ र प्रतिरक्षा प्रणाली काम नलाग्ने हुनसक्छन्।

    हाइपरसोनिक क्षेप्यास्त्रले एअरक्राफ्ट क्यारिअरको प्रतिरक्षालाई विशेष रूपमा अप्ठेरो बनाउँछ।

    तर कतिपय पश्चिमा अधिकारीहरूले सैनिक अन्तरिक्ष प्रविधिमा खर्च बढाउने बलियो आधार जुटाउन चीनको हाइपरसोनिक क्षेप्यास्त्रको क्षमतालाई बढाइचढाइ प्रस्तुत गरेको हुनसक्ने वताइएको छ ।

    चीनको सैनिक विज्ञान प्रतिष्ठानलाई ‘नागरिक र सैनिक गठबन्धन’बाट यो सम्भव तुल्याउन निर्देशन दिइएको छ। यसको अर्थ चीनको निजी क्षेत्रका प्रविधि कम्पनीहरू देशको रक्षा उद्योगसँग मिलेर काम गरिरहेका छन्।

    खबरहरूमा चीनले सैनिक रोबोटिक र क्षेप्यास्त्र निर्देशन प्रणालीमा आर्टिफिसिअल इन्टेलिजन्सको प्रयोग गरिरहेको हुनसक्ने सङ्केत गरेका छन्। त्यसबाहेक मानवरहित हवाई र जलसाधनमा पनि आर्टिफिसिअल इन्टेलिजन्सको प्रयोग गरिएको हुनसक्छ।

    हालैको एउटा विज्ञ मूल्याङ्कनले चीनले आफ्नो देशबाहिर ठूलो स्तरको साइबर गतिविधि गरिसकेको देखाएको थियो।

    गएको जुलाईमा यूके, अमेरिका र ईयूले चीनलाई माइक्रोसफ्ट एक्सचेन्ज सर्भरलाई निशाना बनाउँदै ठूलो साइबर आक्रमण गरेको आरोप लगाएका थिए। -बिबिसी नेपाली

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार