Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • चीनलाई जवाफ दिन भन्दै भारतले सीमामा तैनाथ गर्‍यो सबैभन्दा खतरनाक मिसाइल

    चीनलाई जवाफ दिन भन्दै भारतले सीमामा तैनाथ गर्‍यो सबैभन्दा खतरनाक मिसाइल

    अनलाइन नेपाल
  • सोमबार, १२ असोज २०७७
  • 4.3K
    SHARES

    एजेन्सी। चीनसँगको सीमामा वास्तविक नियन्त्रण रेखा ( एलएसी) लाई लिएर चलिरहेको तनावको बीचमा भारतले सैन्य शक्ति अझ सुदृढ बनाएको दाबी गरेको छ।

    भारतले सीमानामा सबैभन्दा खतरनाक निर्भय क्रूज मिसाइल तैनाथ  गरेको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्।  यो मिसाइल १००० किलोमिटरसम्म हिट गर्न सक्षम छ। निर्भय मिसाइल तिब्बतमा चिनियाँ लक्षहरूलाई हमला गर्न सक्षम रहने दाबी गरिएको छ ।



    ५ महिना भन्दा बढी देखि भारत र चीन बीच तनाव रहेको छ। धेरै ठाउँमा दुबै देशका सेनाहरू आमने सामने छन्।



    यस्तो अवस्थामा भारतले आफ्नो सबैभन्दा भरपर्दो मिसाइल सीमामा लगाएको छ। यस मिसाइलको क्षमता अमेरिकी प्रसिद्ध टोमाहक मिसाइलसँग तुलना गर्न सकिन्छ। यो मिसाइल बिना कुनै लक्ष्यमा आफ्नो लक्ष्य हिट गर्न सक्षम छ।

    मिसाइलको विशेषता के हो ? 

    भारतीय संचारमाध्यमका अनुसार यस मिसाइलको क्षमता अमेरिकी प्रसिद्ध टोमाहक मिसाइलसँग तुलना गर्न सकिन्छ। यो मिसाइल बिना कुनै लक्ष्यमा आफ्नो लक्ष्य हिट गर्न सक्षम छ। निर्भय क्रूज मिसाइललाई भारतमा डिजाइन गरी तयार पारिएको हो ।

    यस मिसाइलको पहिलो परीक्षण १२ मार्च २०१३ मा गरिएको थियो। निर्भय दुई चरणको मिसाइल हो, पहिलो चरणमा ठाडो र दोस्रो चरणमा तेर्सो। यो परम्परागत रकेट जस्तो सिधा आकाशमा जान्छ र त्यसपछि दोस्रो चरणमा तेर्सो रूपमा उडान गर्न ९० डिग्रीको मोड लिन्छ।

    यो मिसाइल ६ मिटर लामो र ०.५२ मिटर चौडा बनाइएको छ। मिसाइल ०.६ देखी ०.७ सम्मको गतीले  उडान गर्न सक्छ । यसको अधिकतम वजन१५०० किलोग्राम हो, जुन १००० किलोमिटरसम्म पुग्न सक्छ । एडवांस सिस्टम प्रयोगशालाले बनाएको ठोस रकेट मोटर बूस्टर मिसाइललाई इन्धनको लागि प्रयोग गरिन्छ।

    चीनले लगातार तनावको बीचमा आफ्नो घातक हतियारहरू सीमामा तैनाथ गरिरहेको छ। यसभन्दा पहिले, टी -90 भीष्म ट्यान्क गरेको थियो  ।  टी -90 भीष्म ट्यान्क एक मिसाइल हमला ढाल हो जुन, रातदिन दुश्मनसँग लड्न सक्ने क्षमता छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार