Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जेनजी आन्दोलनमा सुधन गुरुङले भिडको नेतृत्व गरेपछि सुरक्षाकर्मीसँग झडप भएको आयोगको ठहर

जेनजी आन्दोलनमा सुधन गुरुङले भिडको नेतृत्व गरेपछि सुरक्षाकर्मीसँग झडप भएको आयोगको ठहर

बुधवार , जेठ १३, २०८३

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले २०८२ भदौ २३ गते भएको जेनजी प्रदर्शनका क्रममा रास्वपाका सांसद तथा पूर्वगृहमन्त्री सुधन गुरुङले भिडको नेतृत्व लिएपछि सुरक्षाकर्मीसँग झडप भएको निष्कर्ष सार्वजनिक गरेको छ ।

आयोगले जेनजी आन्दोलनका क्रममा भएका मानवअधिकार उल्लंघनसम्बन्धी घटनाको छानबिनपछि तयार पारेको प्रतिवेदनमा एभरेष्ट होटलअगाडि ठूलो भिड जम्मा भएपछि गुरुङको सक्रिय भूमिकापछि अवस्था तनावपूर्ण बनेको उल्लेख गरिएको छ ।

प्रतिवेदनअनुसार भदौ २३ गते दिउँसो करिब १२ बजेतिर एभरेष्ट होटलअगाडि २० देखि २५ हजारको संख्यामा प्रदर्शनकारी भेला भएका थिए । सोही क्रममा ‘हामी नेपाल’ संस्थासँग आबद्ध सुधन गुरुङले भिडको नेतृत्व लिएको आयोगले पुष्टि गरेको छ ।

“निज गुरुङले नेतृत्व लिएपछि प्रदर्शनकारीहरू आक्रोशित भई सुरक्षा ब्यारेकेड तोड्दै निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेका थिए,” आयोगको प्रतिवेदनमा उल्लेख छ । त्यसपछि प्रदर्शनकारी र सुरक्षाकर्मीबीच मुठभेड तथा झडप सुरु भएको र स्थिति क्रमशः हुलदंगामा परिणत भएको आयोगको निष्कर्ष छ ।

आयोगले झडप सुरु भएपछि मात्रै सुरक्षाकर्मीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको उल्लेख गरेको छ । प्रतिवेदनले आन्दोलनका क्रममा अत्यधिक बल प्रयोग, सुरक्षा संयन्त्रको कमजोरी तथा आन्दोलनकारी नेतृत्वको भूमिकाबारे पनि गम्भीर प्रश्न उठाएको छ ।

राष्ट्रिय मानवअधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत अध्ययन गर्दै सयौं सीसीटीभी फुटेज, प्रत्यक्षदर्शी बयान तथा विभिन्न सुरक्षा निकायको विवरण विश्लेषण गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077