Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रथम राष्ट्रपति यादव भन्छन्–बालेनको दृष्टिकोण सुन्न नेपाली जनता आतुर छन्

प्रथम राष्ट्रपति यादव भन्छन्–बालेनको दृष्टिकोण सुन्न नेपाली जनता आतुर छन्

‘गणतन्त्र दिवसको मञ्चबाट देशवासीलाई सम्बोधन गर्नुपर्छ’

बुधवार , जेठ १३, २०८३

काठमाडौं । प्रथम राष्ट्रपति डा. रामवरण यादवले गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले देशवासीलाई सम्बोधन गर्नुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियनको ३५ औं स्थापना दिवस तथा विधान सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले गणतन्त्र दिवसमा प्रधानमन्त्री बालेनले देशवासीका नाममा सम्बोधन गर्नुपर्ने बताएका हुन् ।

उनले भने–‘म आशा गरिरहेको छु– राष्ट्रबारे के सोच बनाउनुभएको छ, राष्ट्रको दिशा कहाँ लैजानुहुन्छ भन्नेबारे हाम्रो देशको प्रधानमन्त्रीले गणतन्त्र दिवसमा टुँडिखेलको मञ्चबाट सम्बोधन गर्नुपर्छ ।’

प्रधानमन्त्री बालेनको दृष्टिकोण सुन्न नेपाली जनता आतुर रहेका भन्दै उनले भने–‘उहाँको दृष्टिकोण सुन्नका लागि आज सम्पूर्ण जनता आतुर छन् । उहाँको मुखबाट सुन्नुपर्ने हो । उहाँले आजसम्म देशलाई सम्बोधन गर्नुभएको छैन ।’

प्रथम राष्ट्रपति यादवले विभिन्न आन्दोलनबाट प्राप्त मुलुकले प्राप्त गरेका उपलब्धिका बारेमा प्रधानमन्त्रीको धारणा आफूले सुन्न चाहेको आशय पनि व्यक्ति गरे ।
उनले भने–‘हाम्रो संघर्षको उपलब्धि जुन छ, उहाँले के भन्नुहुन्छ यसबारेमा । देशको आर्थिक अवस्था कसरी अगाडि लैजाने, देशको सामाजिक अवस्थालाई कसरी लैजाने ? स्वास्थ्य, शिक्षा र कृषिमा के गर्ने, भौतिक पूर्वाधारलाई कसरी लग्ने, अन्तर्राष्ट्रिय सम्बन्ध कस्तो हुने, त्यो मञ्चबाट गणतन्त्र दिवसको उपलक्ष्यमा प्रधानमन्त्रीले सम्बोधन गर्नुपर्ने हो ।’

कार्यक्रममा पूर्वराष्ट्रपति यादवले संसदीय प्रणालीमा प्रधानमन्त्री नै कार्यकारी पद रहेको भन्दै प्रधानमन्त्री संसदमा आउनुपर्ने र संसद्लाई सम्बोधन गर्नुपर्ने बताए । 

उनले भने–‘मैले हिजो कि अस्ति पेपरमा पढेँ कि राष्ट्रपतिले गणतन्त्र दिवसमा अध्यक्षता गर्ने । ठीक छ, राष्ट्रपतिले अध्यक्षता गर्न हुन्छ । तर, संसदीय प्रणालीमा प्रधानमन्त्री नै कार्यकारी पद हो । प्रधानमन्त्रीले संसदमाआउनुपर्छ, संसद्लाई सम्बोधन गर्नुपर्छ ।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077