Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बागमती नदीमा बेपत्ता भएका ५ युवकमध्ये दुईको शव फेला, तीन सकुशल

बागमती नदीमा बेपत्ता भएका ५ युवकमध्ये दुईको शव फेला, तीन सकुशल

आइतवार , जेठ १०, २०८३

सर्लाही। रौतहट र सिन्धुलीको सीमास्थित बागमती नदी किनारमा दुई जनाको शव फेला परेको छ भने अन्य तीन जना सकुशल भेटिएका छन् ।

शनिबार रौतहट र सिन्धुलीको सिमानामा पर्ने झपडी झोलुङ्‍ग् पुल मुनिबाट दिउँसो ४ बजेतिर ५ जना बेपत्ता भएका थिए ।

बेपत्तामध्ये दुई जनाको शव भेटिएको इलाका प्रहरी कार्यालय कर्मैया सर्लाहीले जनाएको छ ।

मृत्यु भेटिनेमा सर्लाहीको लालबन्दी नगरपालिका–९ बस्तीपुर घर भएका १८ वर्षीय रोहित महतो र लालबन्दी–६ ढुकढुकी एफएम टोल बस्ने २० वर्षीय गणेश महतो रहेका छन् । 

यस्तै सकुशल भेटिनेमा सर्लाहीको बरहथवा नगरपालिका–५ बस्ने २८ वर्षीय सहमद मोमिन, सोही ठाउँका २४ वर्षका मोहम्द अखतर र सर्लाहीको ब्रहमपुरी गाउँपालिका–३ का २० वर्षीय श्याम भण्डारी रहेका छन् ।

उनीहरू नदी तर्ने क्रममा बेपत्ता भएका प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ। 

इलाका प्रहरी कार्यालयका अनुसार शव नदीबाट निकालेर पोस्टमार्टमका लागी प्रादेशिक अस्पताल मलंगवामा पठाइएको छ भने घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

 

 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077