Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

शुक्रवार , बैशाख २५, २०८३

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

आज सुन तोलामा एक हजार तीन सय रुपैयाँले बढेर दुई लाख ९९ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

बिहीबार सुन तोलामा दुई लाख ९८ हजार ६ सय रुपैयाँमा  कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १२० रुपैयाँले बढेर तोलामा पाँच हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

बिहीबार चाँदी तोलामा  पाँच हजार ५५ रुपैयाँमा कारोबार भएको थियो । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077