Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संविधान संशोधन बहस : आज उच्चस्तरीय विज्ञसँग छलफल गर्दै कार्यदल

संविधान संशोधन बहस : आज उच्चस्तरीय विज्ञसँग छलफल गर्दै कार्यदल

मंगलवार , बैशाख २२, २०८३

काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र तयार पार्ने उद्देश्यले गठित कार्यदलले आज विभिन्न क्षेत्रका विज्ञहरूसँग महत्वपूर्ण छलफल गर्ने भएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा रहेको कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मा दिउँसो ३ बजेदेखि ५ बजेसम्म परामर्श कार्यक्रम तय गरेको हो।

कार्यदलका सदस्य–सचिव लिलाधर सुवेदी का अनुसार छलफलमा पूर्व संवैधानिक निकायका प्रमुख, पूर्व मुख्य सचिव, परराष्ट्रविद् तथा प्रशासनिक विज्ञहरू सहभागी हुनेछन् । उनीहरूबाट संविधान संशोधनसम्बन्धी महत्वपूर्ण सुझाव संकलन गरिनेछ।

यसअघि वैशाख १० गते बसेको कार्यदल बैठकले पूर्व उच्च पदस्थ अधिकारीहरू र विषयविज्ञहरूसँग व्यापक परामर्श गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार आजको छलफल आयोजना गर्न लागिएको हो ।

सरकारले संविधान संशोधनलाई सहमति र परामर्शमार्फत अघि बढाउने संकेत दिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077